सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

भक्तपुर र काभ्रेमा मतदान जारी

बुधबार, ०३ जेठ २०७४, ०९ : १८
बुधबार, ०३ जेठ २०७४
-हेमराज ढकाल जेठ ३,भक्तपुर - गत ३१ गते स्थानीय निर्वाचन अन्तर्गत रोकिएका केही स्थानमा आज मतदान भइरहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ स्थित वडा कार्यालय अर्थात साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा मतदान भइरहेको हो । यस केन्द्रमा गएको आइतबार मतदानका क्रममा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नै नभएको मतपत्र वितरण गरिएपछि रोकिएको थियो । २२ जनाले मत खसालेपछि २३ औं नम्बरमा मत हाल्न गएका व्यक्तिले मतपत्रमा मादल चुनाव चिन्ह् नदेखेपछि विरोध गरेका थिए । आज उक्त स्थानको गाविस भवनको बुथमा ८ सय ७ जनाले पून मतदान गर्ने छन् । यसैगरी मतदान स्थगित भएको काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा मतदान सुरु भएको छ । जनक मावि केन्द्रमा मतदान सुरु भएको हो । गएको शनिबार गोली लागेर स्थानीय नवराज पाठकको ज्यान गएपछि त्यहाँ मतदान रोकिएको थियो । यस्तै धुलिखल नगरपालिका वडा नम्बर १२ मा पनि मतदान सुरु भएको छ । धुलिखेलको शंखेश्वरी मावि र सामुदायिक भवन इट्टेमा मतदान सुरु भएको हो । राप्रपाका उम्मेदवारको निधन भएपछि त्यहाँ वैशाख ३१ गते चुनाव रोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप