शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

युद्दकालका जनसरकार प्रमुख अहिलेका मेयर

शुक्रबार, ०५ जेठ २०७४, १० : ४८
शुक्रबार, ०५ जेठ २०७४
जाजरकोट, जेठ ५– यूद्ध कालमा जारजरकोटमा टेकवहादुर रावल “दर्शन” भन्ने वित्तिकै न्यायदिने व्यक्ति भनेर स्थानीयले वुझथे । सवै मानिस अन्याय हुने वित्तिकै रावललाई नै खोज्दै माओवादीले सञ्चालन गरेको कम्यून वस्तीमा जान्थे । उतीवेला पनि आफ्नो न्याय सम्पादनबाट जनता निकै खुसी भएको सुनाउँछन् त्यहि ठाउमा अहिले मेयरमा विजयी भएपछि रावल । भन्छन्‘ पहिले पनि जनताकै काम गरेको हो , अव पनि जनताकै काम गर्ने हो । ’ १२ वर्षपछि तिनै रावल पहिले न्याय सम्पादन गरेको ठाउँकै मेयरमा भारी मतले विजय भएका छन् । उनलाई अहिले पनि त्यस क्षेत्रका स्थानीयले न्यायाधीश भनेर वुझने गरेका छन् । ५६ वर्षीय रावलले माओवादी केन्द्रको जिल्ला संयोजक भएर समेत काम गरिसकेका छन् । त्रिवेणी नलगाड नगरपालिकाका मेयर बनेका उनी सिंहदरवारको अधिकार गाउका जनताको घर दैलोमा पुगेको बताउछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप