शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ ‘कमलेको बिहे’को ट्रेलर र गीत

शुक्रबार, ०५ जेठ २०७४, ११ : ००
शुक्रबार, ०५ जेठ २०७४

काठमाडौं, जेठ ४ । चलचित्र ‘कमलेको बिहे’को फष्टलुक, ट्रेलर तथा गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा सो एकसाथ सार्वजनिक गरिएको हो । गुचपुप छायाँकन गरिएको यो चलचित्रमा अभिनेता अनुप बिक्रम फरक गेटअफमा देखिएका छन् । उनको चलचित्रमा विग्रिएको कपाल, पावरवाला चश्मा, लामो टुप्पी सहितको गेटअफ छ । चलचित्रमा उनको जोडीको रुपमा भिजे सन्ध्या केसी देखिएकी छन् । सन्ध्याको यो डेब्यु चलचित्र हो । बनारसमा शास्त्रिय विद्या पढेर गाउँ फर्किएपछि बिहेका लागि गरेको संघर्ष चलचित्रले देखाउने प्रयास गरेको छ । प्रसन्न पौडेल निर्देशित चलचित्र विदुर पाण्डेले छायाँकन गरेका हुन् । चलचित्र सरिता लामाले निर्माण गरेकी हुन् भने उनलाई दीपक बिष्टले निर्माणमा सघाएका छन् । राजनराज शिवाकोटी, शिखर सन्तोष र वावुल गिरीको संगीत रहेको चलचित्रमा समावेश गीतमा शिवाकोटीसँगै माण्डवी त्रिपाठी, युवराज चौलागाईं, समिर आचार्य र अरुणदेव यादवको स्वर छ ।

सार्वजनिक गीतमा माण्डवी त्रिपाठी र राजनराज शिवाकोटीको स्वर छ शब्द संगीत पनि शिवाकोटीकै हो ।

– अभिनेता अनुप बिक्रमको अनुपस्थिती रहेको कार्यक्रममा निर्देशक पौडेलले नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा नै चलचित्र भएको बताए । – अभिनेत्री संध्याले चलचित्रबाट आफु अभिनयमा जम्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप