छुट्टाछुट्टै सडक दुर्घटनामा एकको मृत्यु, तीन घाइते
शुक्रबार, ०५ जेठ २०७४, ११ : ०८
सिरहा, जेठ ५– सिरहामा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
सिरहाको धनगढीमाई नपा १० जिरोमाइलमा पैदल यात्रिलाई पूर्वबाट पश्चिमतर्फ गईरहेको ट्र«कले ठक्कर दिंदा लक्ष्मीपुरपतारीकी ४५ वर्षिया दर्पणदेवी सिंहको ज्यान गएको हो ।
ना. ४ प. ५५४२ नम्वरको ट्र«कको ठक्करले घाइते भएका सिंहको विराटनगर उपचार गराउन लानेक्रममा मृत्यु भएको हो । उनको शव पोष्टमार्टको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्तालमा राखिएको छ ।
त्यसैगरी, सिरहाकै लहान १२ भोटिया टोलमा यात्रुवहाक वसले मोटराइकलमा ठक्कर दिंदा उक बालक सहित तीन जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्व गईरहेको मे. १ ख १९२८ नम्वरको यात्रुवहाक बसरले स ४ प ९१६९ नवरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार २९ वर्षिय आमोद यादव, उनकी भाजु २२ वर्षिय सरिता र भतिजी २ वर्षिय सिला यादव घाइते भएकी हुन् । उनीहरुको लहानस्थित एक निजी अस्पतालमा उपचार भईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण