नेपालकै पहिलो निर्वाचित महिला प्रमुख पाण्डे भन्छिन्, हुप्सेकोट गाउँपालिकालाई नमुना बनाएर देखाउँछु’
पुरुषोत्तम सुवेदी
नवलपरासी, ५ जेठ । मतगणना सम्पन्न भएका हिसाबले नेपालमा पहिलो गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवार नेपाली काँग्रेसकी लक्ष्मी पाण्डे सर्बप्रथम विजयी बन्नुभएको छ ।
नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकी उम्मेदवारमा लक्ष्मी पाण्डे नेपालको पहिलो महिला प्रमुख विजेता भई राष्ट्रियरुपमा चर्चामा आउनुभएको हो ।
शिक्षण पेसाबाट राजीनामा दिएर हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी पाण्डेले सफलता हात पार्नुभयो । पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल चार हजार ४६८ मत प्राप्त गरी विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गरेका छन् ।
विसं २०२६ कात्तिक ८ मा पाल्पा जिल्लाको बाकामलाङ्ग–३ मा पिता यदुनाथ पाण्डे र आमा छविमाया पाण्डेबाट जन्मिनुभएकी पाण्डेले २०४५ सालमा पाल्पाको सहलकोट गाविसमा रहेको आन्दी भन्ज्याङ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी थिइन् । विसं २०४९ सालमा स्याङ्जाको वालिङमा रहेको वालिङ क्यापसबाट दसजोड दुई उत्तीर्ण गरेकी थिइन् भने नवलपरासी जिल्लाको कावासोतीमा रहेको लुम्बिनी क्याम्पसबाट उनले स्नातकोत्तरसम्मको अध्ययन गरेको बताएकी छन् ।
साबिक देउराली गाविस र हालको हुप्सेकोट गाउँपालिका–४ मा बस्दै आएकी पाण्डेले बेलुवामा रहेको जनता उच्च माविमा अध्यापन गराइरहेकी थिइन् । २०५३ सालदेखि साबिकको देउरालीको मोहनडाँडामा रहेको देउराली प्राविमा शिक्षण गराएकी उनले अहिले उम्मेदवार बन्नकै लागि २०६१ सालदेखिको स्थायी जागिर छाडेकी हुन् ।
उनी स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय थिइन् । यसअघि जिल्लामा महिला सङ्घ नवलपरासीको पूर्वअध्यक्षसमेत थिइन् । उनी काँग्रेसको महाधिवेशन समिति सदस्य पनि हुन् । युवा अवस्थादेखि नै नेविसङ्घ, महिला सङ्घ हँुदै यहाँसम्म पुग्न सफल भएकी हुन् । ४७ वर्षे पाण्डेका तीन छोरा एक छोरी र श्रीमान हुनुहुन्छ ।
नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिकामा काँग्रेसका तर्फबाट विजयी भएकी लक्ष्मी पाण्डेले गाँउपालिकालाई नमुना गाँउपालिकाको रुपमा चिनाउने बताएकी छन् ।
पाण्डेले भनिन्, “मैले हुप्सेकोट गाउँपालिकालाई नमुना बनाउने अठोट लिएको छु त्यो पूरा गरेर देखाउँछु, हुप्सेकोट गाउँँपालिकाको शैक्षिक, आर्थिक विकास, पर्यटकीय विकासमा विशेष ध्यान दिन्छु ।” गाउँपालिकाको पहाडी क्षेत्रमा होमस्टेको अवधारणलाई मान्दै पर्यटकीय गाउँपालिका बनाउने पाण्डेले बताइन् ।
नम्र स्वभावकी पाण्डेले निर्वाचनमा विजयी हासिल गरेपछि अहिले सबैतिर पाण्डेको चर्चा परिचर्चा हुन थालेको छ । सम्भवतः नेपालमा पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणाम बाहिर आउने क्रममा पाण्डे नेपालकै पहिलो गाउँपालिकाको प्रमुखमा पाण्डे विजयी बनेकी थिइन् । रासस ९तस्बिर उपलब्ध छ०
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण