शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हालसम्म ५ हजार ९६० जनप्रतिनिधिको नतिजा आयोः निर्वाचन आयोग

शुक्रबार, ०५ जेठ २०७४, ११ : ४०
शुक्रबार, ०५ जेठ २०७४

काठमाडौं, जेठ ५ – बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट ५ हजार ९६० प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार बिहान १० बजेसम्मको अपडेट अनुसार नगरप्रमुख वा अध्यक्ष १६१, उपाध्यक्ष/उपप्रमुख १६१, वडाध्यक्ष १ हजार ३२२, वडा सदस्य २ हजार १९२, महिला सदस्य १ हजार ९५ र दलित महिला सदस्य १ हजार ३० निर्वाचित भएको आयोगको भनाई छ । यसैगरी, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको हुम्ला माविको राया मतदान केन्द्रमा आज मतदान कार्य शान्तिपूर्णरुपमा भइरहेको छ । त्यहाँ उम्मेदवारको निधनका कारण बैशाख ३१ को निर्वाचन स्थगित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप