शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मतगणनास्थल पुगेकी रञ्जु दर्शनाले भनिन्– मेयर पक्का जित्छु ! (भिडियो)

शुक्रबार, ०५ जेठ २०७४, ११ : ५१
शुक्रबार, ०५ जेठ २०७४
काठमाडौं, जेठ ५–काठमाडौं महानगरपालिकाको मतगणनाका क्रममा तेश्रो स्थानमा रहेकी विवेकशील नेपाली दलबाट मेयर पदकी उम्मेदवार रञ्जु दर्शनाले आफू मेयरमा निर्वाचित हुने दाबी गरेकी छन् । काठमाडौं महानगरपालिकाको मतगणना स्थल राष्ट्रिय सभा गृहमा भेटिएकी उनले अपेक्षा गरे अनुसार मत प्राप्त भइरहेको भन्दै आफू पहिलो स्थानमा पुग्ने विश्वास रहेको बताइन् । ढिलो मतगणनाबाट आफू दिक्क भएको बताउदैँ अन्तिम नतिजाको पर्खाइमा रहेको उनले बताइन् । पछिल्लो मत परिणाम अनुसार उनले ४ हजार ३ मत प्राप्त गरेकी छिन् । दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ६ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् । यस्तै पहिलो स्थानमा रहेका एमालेका बिद्यासुन्दर शाक्यले १० हजार ४ सय १७ मत प्राप्त गरेका छन् । हेर्नुहोस भिडियोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप