कपिलवस्तुमा पुनः मतदाता शिक्षा कार्यक्रम सञ्चालन
चुरामणि अर्याल
कपिलवस्तु जेठ ५–कपिलवस्तुमा मतदाता शिक्षा कार्यक्रम आजबाट पुनः सञ्चालन भएको छ । सरकारले दुई चरणमा निर्वाचन गर्ने भएपछि कपिलवस्तुमा वैशाख पहिलो साताबाट सञ्चालन भएको मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको थियो । ६ वटा नगरपालीका र ४ वटा गाँउपालिका रहेको यस जिल्लामा मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न यस अघिनै छनोट भएका ३८७ जना मतदाता शिक्षा स्वयम्सेवकलाई परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख ज्ञानहरी घिमिरेले जानकारी दिए । २ लाख ४६ हजार ५ सय ४८ मतदाता रहेको यस जिल्लामा दोश्रो चरण अन्र्तगत जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मतपत्र बदर नहोस् भनेर आजै देखि मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ । २ लाख ४६ हजार ५ सय ४८ मतदाता रहेको यस जिल्लामा दोश्रो चरण अन्र्तगत जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मतपत्र बदर नहोस् भनेर आजै देखि मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण