२४० स्थानीय तहको नतिजा सार्वजनिक : कहिले आउँछ चार महानगरको अन्तिम नतिजा ?
काठमाडौ, जेठ ५ – तीन प्रदेशका ३४ जिल्लाका २८३ स्थानमा गत आईतबार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन सम्पन्न भएको ५ औ दिन शुक्रबार बिहानसम्म २८३ मध्ये दुईमा निर्विरोध भएबाहेक २ सय ८१ स्थानमा चुनाव भएकोमा २४० स्थानको परिणाम सार्वजनिक भइसकेको छ ।
अहिलेसम्म कसले कति जिते ? जसमा एमालेले ९७ तहको प्रमुख पदमा विजयी हासिल गरिसकेको छ भने दोस्रोमा नेपाली कांग्रेसले ९४ र तेस्रोमा माओवादी केन्द्रले ४४ तहको स्थानीय निकायको प्रमुख पदमा विजयी हासिल गरेको छ । त्यस्तै राप्रपा, जनमोर्चा र नयाँ शक्तिले समान एकएक पद जितेका छन् भने स्वतन्त्रका उम्मेदवरले तीन पद हात पारेका छन् । यद्यपी निर्वाचन आयोगले भने शुक्रबार विहान १० बजेसम्म एक सय ६१ स्थानको मात्र नतिजा आएको जनाएको छ । संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) को हवाला दिदै आयोगले शुक्रबार बिहान १० बजेसम्ममा १६१ स्थानीय तहको मतगणना कार्य समाप्त भई उम्मेदवारहरूको विवरण प्राप्त भएको जनाएको हो । आयोगको विवरण अनुसार, नगरप्रमुख वा अध्यक्ष १६१, उपाध्यक्ष÷उपप्रमुख १६१, वडाध्यक्ष १ हजार ३२२, वडा सदस्य २ हजार १९२, महिला सदस्य १ हजार ९५ र दलित महिला सदस्य १ हजार ३० निर्वाचित भइसकेका छन् । कति निर्वाचित हुँदैछन् ? पहिलो चरणमा २८३ प्रमुख तथा उपप्रमुखसहित तीनवटै प्रदेशमा १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुदैछन् । त्यति जनप्रतिनिधि निर्वाचित हन ४९ हजार तीनसय ३७ जना उम्मेदवार प्रतिश्पर्धामा उत्रिएका थिए । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार मैदानमा उत्रिएका थिए । आयोगको प्रतिवद्धता पुरा नहुने संकेत निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएको एक साताभित्र मतपरिणाम सार्वजनिक गर्ने दावी गरेपनि उसले तोकेको समयसिमामा भने सवै तहको मतपरिणाम नआउने निश्चित भएको छ । तर, निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार बाँकी स्थानको मतगणना पनि तीव्र भएकाले चार महानगरबाहेक अन्य स्थानको मतपरिणाम भोली अर्थात शनिबारसम्म सकिसक्ने छ । प्रवक्ता शर्माले सोमबारसम्म चार महानगरको पनि परिणाम सार्वजनिक गर्नेगरी गणना भइरहेको जनाए । चार महानगरमा अन्य स्थानको तुलनामा मतदता धेरै र उम्मेदवरसमेत बढि हुनु तथा त्यसका कारण मतपत्र ठुलो भएकाले मत गणना गर्न कठिन भएको शर्माको भनाई छ । बदर मत २ प्रतिशत मात्रै निर्वाचन आयोगले मतदाता शिक्षा अभावमा धेरै मत बदर भएको भन्ने आरोपको पनि खण्डन गरेको छ ।‘अहिल्यै केहि स्थानको केही मत बदर भयो भन्दैमा त्यसैलाई आधार बनाएर धेरै मत बदर भयो भनेर प्रचार प्रसार गरिएको छ त्यसरी विश्लेषण गर्नु गलत हुनेछ । ’ प्रवक्ता शर्माले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । आयोगका अनुसार अहिलेसम्म जम्मा २ प्रतिशत मात्र मत बदर भएको पाइएको छ । चार महानगरको सोमबारसम्म आइसक्ने काठमाडौँ महानगरसहित काठमाडौका सात नगरको मतपरिणाम सार्वजनिक हुन बाँकी नै छ भने ललितपुर महानगरमा एक नगर र भक्तपुरका चार नगरपालिकाको मतपरिणाम पनि आउन बाँकी नै रहेको छ । उता, चितवनको भरतपुर महानगरपालिकासहित चारवटा नगरको परिणाम आउन बाँकी छ भने पोखरा लेखनाथ महानगरसहित अन्य केही स्थानीय तहको पनि परिणाम आउन केही समय लाग्ने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण