कुमाख मालिकामा महिला उम्मेदवार विजयी
सल्यान, ५ जेठ । सल्यानको कुमाख मालिका गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का दिलमाया बुढा मगर विजयी हुनुभएको छ । उहाँले तीन हजार ६७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भैरव शाहले दुई हजार १२९ मत प्राप्त गर्नुभएको छ । दिलमाया राप्तीबाटै पहिलो महिला अध्यक्षमा विजयी हुनुभएको छ ।
यसैगरी उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का डिल्लीराज जैसी विजयी हुनुभएको छ । उहाँले तीन हजार ८१८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ति चन्दले दुई हजार १४५ मत प्राप्त गर्नुभएको छ ।
कुमाख मालिका गाउँपालिका–१ मा नेकाका गोपाल बुढाथोकी, वडा नं २ मा एमालेका शेरबहादुर रावत विजयी हुनुभएको छ । यस्तै वडा नं ३ नेकपा माओवादी केन्द्रका चित्रबहादुर बुढाथोकी, वडा नं ४ मा तिलबीर बुढाथोकी र वडा नं ५ मा हरिप्रकाश बुढाथोकी विजयी हुनुभएको छ ।
यसैगरी वडा नं ६ नेकपा माओवादी केन्द्रकै वीरबल शर्मा र वडा नं ७ मा माओवादी केन्द्रका तुलाराम बोहरा विजयी हुनुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण