नगरपालिकालाई करौडौ मुल्यको जग्गा दान
शुक्रबार, ०५ जेठ २०७४, १२ : ३९
धनुषा, जेठ ५ –धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको भवन निर्माण गर्न ४ जना समाजसेवीले करोडौंको जग्गा दान गरेका छन् ।
नगरपालिकाको भवन निर्माण गर्न ४ जना समाजसेवीले करिव २ करोड रुपैँया मूल्य पर्नेे ९ कठ्ठा जग्गा दान गरेका हुन् ।
नगरपालिका कार्यालयको भवनका लागि ४ जनाले प्रतिकठ्ठा करिब २३ लाखमा विक्री हुने ९(नौ) कठ्ठा जग्गा दान गरेका हुन् । जनकपुरका ती चारै जना समाजसेवी व्यापारीहरु सरेश सर्राफ, संदिप कुमार अग्रवाल, गोबिन्द सरार्फ, राजेश कुमार अग्रवालले सामुहिक रुपमा ९ कठ्ठा जग्गा नगरपालिकाको भवन निर्माण गर्न दान दिएका हुन् ।
२०७१ साल बैशाख २५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार सखुवा महेन्द्रनगर, र मदैया भवाडी, हरिहरपुर र दिगम्बरपुरलाई मिलाएर घोषणा गरिएको क्षीरेश्वरनाथ नगरपालिका साविकको सखुवा महेन्द्रनगर गाविसको कार्यालय भवनमा नगरपालिकाको कार्यालय संचालन गर्दै आएको थियो ।
४ बर्ष पहिले ४ वटा गाविसलाई मिलाएर घोषणा गरिएको यस नगरपालिको आफ्नो जग्गामा भवन थिएन । गाविस भवनमा सेवाग्राहीको चापलाई मध्यनजर गरी कार्य संचालन गर्दै आएको नगरपालिकालाई जग्गा दान आएपछि नगरवासी उत्साहित भएको समाजसेवी मित्रलाल गरीले बताए । अर्का दाता सरेश सरार्फले जग्गाभएपछि नगरपालिकाबाट हुने काम प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण