शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरको मेयरमा भोट नआएपछि यूटर्न हुँदै हिमालय टाइगर (भिडियो)

शुक्रबार, ०५ जेठ २०७४, १२ : ४९
शुक्रबार, ०५ जेठ २०७४

काठमाडौं, जेठ ५–स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका भरत बिसुराल अर्थात हिमालय टाइगरले अपेक्षा अनुसार मत नआएपछि मुड चेन्ज गर्ने मनस्थिती बनाएका छन् । अन्र्तराष्ट्रिय स्तरको रेस्लरको पहिचान समेत बनाएका उनी दोश्रो संविधान सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट स्वतन्त्र उम्मेदवार बनेका थिए । स्थानीय तहको निर्वाचनको पानीको बोतल चुनाव चिन्हमा लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । न्यूर्योक शहरमा ११ बर्ष एट्लान्टा शहरमा ७ बर्ष बसेको अनुभव, लन्डन, भियना शहर कसरी बनेको बुझेकोले काठमाडौं महागरपालिकालाई सभ्य, भब्य बनाउने, सरसफाई, वायू प्रदूषण नियन्त्रण, सडकपूर्वाधार, खोला किनारका बस्ति हटाई बगैचा गर्ने, क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्ने योजना सहित आफूले उम्मेदवारी दिएको उनले स्मरण गरे । विश्वका रेस्लरहरु पनि निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर देश विकासमा सक्रिय भएको उदाहरण दिँदै हिमालय टाइगरले भने– “स्वतन्त्र र भिजन भएकाले पनि भोट ल्याउन सक्छन कि भन्ने लागेको थियो । निर्वाचनको रंग लागेर मात्र मैले उम्मेदवारी दिएको थिइन् । बिदेशका सहरमा बसेको अनुभवले पनि काठमाडौंमा केही गर्ने भिजन र रिजन सहित चुनावमा उठेको उनले बताए । तर अपेक्षा अनुसारको मत नआएपछि अब उनले स्वतन्त्र उम्मेदवारी नदिने भएका छन् । उनले भने–“जित्ने त पार्टी नै रहेछ भन्ने लाग्यो, पार्टीमा संगठन हुन्छ । संगठित सदस्यबाट नै ५० प्रतिशत मत आँउने हुन्छ । यो चुनावपछि मैले पाएको ज्ञान यही हो । अब एउटा ठूलो लोकतान्त्रिक पार्टीलाई समाएर अघि बढ्ने बिचार गरेको छु ।”

यसपटकको चुनावमा नेपाली मिडियाले साथ नदिएको समेत उनको गुनासो थियो । यसअघि उनले २०४७ सालमा नेपाल कन्जरभेटिभ पार्टी स्थापना गरेर ४ जिल्लाबाट उम्मेदवारी दिएका थिए । २०७० सालमा भएको दोश्रो संविधान सभाको निर्वाचनमा भने उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । हेर्नुहोस भिडियोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप