कास्कीका तीन गाउँपालिका एमाले र एकमा काँग्रेस विजयी
पोखरा, ५ जेठ । कास्कीका चार गाउँपालिकाको निर्वाचनमा नेकपा एमाले तीनमा अध्यक्ष तथा उपाध्यक्ष सहित र नेपाली काँग्रेस एक गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ ।
एमालेले मादी ,रुपा र माछापुच्छ«े गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ भने काँग्रेसले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा विजयी हासिल गरेको छ, उपाध्यक्षमा एमाले नै विजयी भएको छ ।
मादी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वेदबहादुर गुरुङले चार हजार ६३७ मत र उपाध्यक्षमा विष्णुमाया पौडेल आचार्यले चार हजार ५२३ मत ल्याई विजयी हुनुभएको छ ।
त्यस्तै रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझाले चार हजार २१२ मत र उपाध्यक्षमा लालसुवा गुरुङ तीन हजार ९९५ मत ल्याई विजयी हुनुभएको छ ।
माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर गुरुङले पाँच हजार ८०७ मत र कृष्णकुमारी पौडेल दवाडीले पाँच हजार ४७९ मत ल्याई विजयी हुनुभएको छ ।
अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भने काँग्रेसका युवराज कुँवर चार हजार ६७२ मत ल्याई विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमालेका सगुन गुरुङले चार हजार ५८६ मत ल्याई विजयी हुनुभएकोछ रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण