शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीको जालमा यसरी फसे जनकपुरका पाँच हुण्डी कारोवारी

शुक्रबार, ०५ जेठ २०७४, १२ : ५२
शुक्रबार, ०५ जेठ २०७४

धनुषा, जेष्ठ ५ – ‘हुण्डी’ यस्तो अवैध आर्थिक कारोबार हो, जुन ब्यक्तिको सञ्जालबाट चल्छ । नेपालमा घुसदेखि अपहरणकारीलाई बुझाउने फिरौतीसम्म यही माध्यामबाट हुने गर्छ । आतंकबाद र संगठित अपराधमा संलग्नले आर्थिक लेनदेनमा यो माध्याम अपनाएपछि आन्तर्रा्ष्ट्रिय रुपमै प्रतिबन्धित हुण्डी कारोबार नेपालमा भनेअझै सक्रिय रहेको छ भन्ने बिहिवारको घटनाले देखाएको छ ।

विदेशी मुद्रा सटहीको अनुमति लिएर अवैध ओसारपसार (हुण्डी) गरिरहेको सुराकीको आधारमा प्रहरीले जनकपुरको भानु चोकको जनकपुर उप–माहानगरपालिका–२ स्थित भानुचोकमा राष्ट्रिय वाणिज्य बैकको भवन मुनीबाट सुराकीको आधारमा एक गिरोहलाई लाखौं रुपैयाँसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहिवार पत्रकार सम्मेलन गरी मलेसीयाबाट हुण्डी कारोवार मार्फत लाखौ रुपैयाँ राजश्व छलि गरिरहेका पाँचजनालाई पक्राउ गरेको जनाएको छ । धनुषाका डिएसपी मनोज यादवका अनुसार हुण्डी कारोवारमा संलग्न धनुषा एकराही १ निवासी वर्ष २० का अरुण दाससंग ११ लाख रुपैया र धनुषा रघुनाथपुर ४ बस्ने वर्ष २० का रोशन कुमार महरालाई १४ लाख रुपैया सहित जनकपुरको भानु चोकमा पक्राउ गरिएको हो । पक्राउ परेकाहरुसँग प्रहरीले अनुसन्धानको क्रममा उक्त कारोवारमा संलग्न धनुषा रघुनाथपुर ४ का ३८ वर्षीय महादेव राउत र उहाँकै विष्णुदेव राउत तथा धनुषा सवैला नगरपालिका–२ बस्ने विन्देश्वर राउतलाई समेत पक्राउ गरिएको डिएसपी यादवले वताए । प्रहरीका अनुसार हुण्डी कारोवारको सबै व्यवस्था मिलाउने मुख्य भुमीकामा विष्णुदेव राउत रहेका र राउतले मलेसियाबाट नेपाल आउने जाने तथा मेलेसियामा जानकी इम्पेक्स नामको संस्था स्थापना गरि मलेसियामा रकम संकलन गरि विन्देश्वर राउतसंग मिलेर मलेसीयन पैसालाई विक्री गरी भाइवर र मनिट्रान्सफर मार्फत घर घरमा परुयाउने काम गर्दै आएको बताए । त्यसैगरि विष्णुदेव राउतको भाई महादेव राउतले नेपालमा सम्पुर्ण कामको जिम्मेदवारी तथा कारोवारको विवरण राख्ने कार्य गर्ने र अरुण दास र रोशन कुमार महराले सम्वन्धित ठाउँमा पुरयाउने कार्य गर्दै आएको धनुषा प्रहरीले जनाएको छ । यता प्रहरीको नियन्त्रणमा रहेका कारोवारका मुख्य नाइके विन्देश्वर यादवले यस्ता कारोवारमा आफु मात्रै नभई नेपालभरि धेरै रहेकोले आफु आरोपी नरहेको दाबी गरे ।आरोपी यादवले प्रहरीले समातेपनि अदालतबाट मुक्त हुने दावी गरे । प्रहरीले पक्राउ गरेकाहरुसंगबाट ५५ लाख नगद ,५ थान ल्यापटप,१० थान मोवाइल र कारोवारमा प्रयोग हुने फाइल तथा डायरीहरु बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप