शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

२९ वर्षअघि मृत्यु भइसकेका आर्टिस्टको एउटा पेन्टिङ ११ अर्ब ४५ करोडमा बिक्योः तोड्यो सारा रेकर्ड

शुक्रबार, ०५ जेठ २०७४, १२ : ५८
शुक्रबार, ०५ जेठ २०७४

बीबीसी

जेठ ५ – दिवंगत आर्टिस्ट जिन–मिसेल बास्क्वियातको एउटा पेन्टिङ न्यूयोर्कमा ११०.५ मिलियन डलर (११ अर्ब ४५ करोड नेपाली रुपैयाँ) मा लिलामीमा बिक्रि भएको छ ।

यो उनको गतवर्ष बिक्रि भएको सबैभन्दा महँगो पेन्टिङभन्दा दोब्बर मूल्यमा बिक्रि भएको बताइएको छ ।

यससँगै यसले विभिन्न रेकर्ड तोडेसँगै यो अमेरिकी आर्टिस्टको सबैभन्दा महँगो पेन्टिङको रुपमा दर्ता भएको छ ।

नाम नदिएको उक्त पेन्टिङ ओइल स्टिक, एक्रिलिक र स्प्रे पेन्टमार्फत गरिएको छ जसले खोपडीको आकारमा अनुहार देख्न सकिन्छ ।

उक्त पेन्टिङ ४१ वर्षीय युसाकु माइजावालाई बेचिएको छ । उनी जापानका फेसन उद्यमी हुन् जो आफ्नो गृह नगर चिबामा संग्रहालय बनाउने योजनामा छन् ।

उनले पछि इन्स्टाग्राममा ‘आफ्नो आर्टप्रतिको मायालाई उक्त पेन्टिङले थप ऊर्जा र कृतज्ञता प्रदान गरेको छ,’ उनले उक्त पेन्टिङ धेरैभन्दा धेरै मानिसहरुमाझ सार्वजनिक गर्ने आशा गरेको उनले बताए ।

माइजावाले गत वर्ष बास्क्वियातको पेन्टिङलाई ५७.३ मिलियन डलरले खरिद गरेका थिए ।

बास्क्वियातको सन् १९८८ मा हिरोइनको ओभरडोजका कारण २७ वर्षको उमेरमा मृत्यु भएको थियो । उनले सात वर्ष पेन्टिङ गरेका थिए ।

धेरैजसो उनका पेन्टिङले अमेरिकामा अफ्रिकी–अमेरिकीहरुको समस्यालाई चित्रण गर्ने गरेको बीबीसीकी लाउरा बिकरले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप