शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुनकोसी गाउँपालिकामा काँग्रेस विजयी

शुक्रबार, ०५ जेठ २०७४, १० : ५५
शुक्रबार, ०५ जेठ २०७४

चौतारा, ५ जेठ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनोद जिसी चार हजार ३६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का शिवप्रसाद न्यौपानेले तीन हजार ९४४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकै लक्ष्मी पौडेलले चार हजार २०६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकै देवी अधिकारीले तीन हजार ७८६ मत प्राप्त गर्नुभएको छ । विजयी उपप्रमुख पौडेल पत्रकार हुन् ।

सो गाउँपालिकाको वडा नं १, २, ४ र ६ मा नेपाली काँग्रेसका क्रमशः नेत्रबहादुर कार्की, विष्णु महत, देवेन्द्र खड्का र रामकुमार थापा प्यानलसहित विजयी हुनुभएको छ भने वडा नं ३, ५ र ७ मा एमालेका क्रमशः रामहरि खड्का, कृष्णबहादुर खड्का र ईश्वर तिमिल्सिना प्यानलसहित विजयी हुनुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप