कीर्तिपुर नगरपालिका वडा नं ४ र ८ को अध्यक्षमा काँग्रेस विजयी
काठमाडौँ, ५ जेठ । कीर्तिपुर नगरपालिकाको पछिल्लो मतगणनाअनुसार वडा नं ४ र ८ को अध्यक्षमा क्रमशः नेपाली काँग्रेसका राजेन्द्र बानियाँ र विनोद महर्जन निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत गजेन्द्रबहादुर सिंहले अहिले ६, ९ र १० वडाको मतगणना सुरु भएको जानकारी दिनुभयो । कुल १० वडा भएको उक्त नगरपालिकाका सबै मत परिणाम आज साँझसम्म आउने जनाएको छ ।
प्राप्त पछिल्लो मतगणनाअनुसार प्रमुखमा नेकपा (एमाले)का रमेश महर्जन पाँच हजार ८४९ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार नकर्मीले पाँच हजार ४१७ मत प्राप्त गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र)का हिराबहादुर महर्जनले दुई हजार ९०६ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।
उपप्रमुख पदमा एमालेकै सरस्वती खड्का पाँच हजार ४७९ मतका साथ पहिलो स्थानमा, काँग्रेसका विमला विष्ट चार हजार ९७८ मतका साथ दोस्रो तथा माओवादी केन्द्रका सुशीला बस्नेत दुई हजार २३७ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
कुल मतदाता २८ हजार १०३ रहेको कीर्तिपुर नगरपालिकामा २३ हजार ६३३ मत खसेको थियो । जम्मा ५२ पदका लागि भएको निर्वाचनमा २६४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण