शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भक्तपुर ७ र ८ मा नेमकिपा

शुक्रबार, ०५ जेठ २०७४, १३ : १४
शुक्रबार, ०५ जेठ २०७४

नगरकोट, ५ जेठ । भक्तपुर नगरपालिका वडा नं ७ र ८ मा पनि नेपाल मजदुर किसान पार्टीको प्यानल विजयी भएको छ ।

भक्तपुर नपा–७ को वडाध्यक्षमा नेमकिपाका उकेश कवाँले तीन हजार ९०० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवलाल बहाला श्रेष्ठले ४२८ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै वडा सदस्यमा नेमकिपाकै रञ्जना त्वाती (महिला), हरिरत्न गोर्खाली (खुला) र हेरा ख्याजू (खुला) विजयी भएका छन् ।

यसअघि नै नेमकिपाकै रीजु कपाली (दलित महिला) सदस्यमा निर्विरोध निर्वाचित भइसक्नुभएको थियो ।

यसैगरी वडा नं ८ को अध्यक्षमा नेमकिपाकै महेन्द्र खायमलीले एक हजार ९८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामसुन्दर प्रजापतिले ३०४ मत प्राप्त गर्नुभएको थियो ।

सदस्यहरुमा नेमकिपाका पञ्चमाया दुवाल (महिला) र खुला सदस्यमा कृष्णगोपाल छुस्यावाग र शिवलाल वाला विजयी हुनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार प्रमुखमा नेमकिपा (सुनिल प्रजापति) २० हजार ७३ काँग्रेस (रामप्रसाद कासुला) पाँच हजार ६१०

उपमेयर नेमकिपा (रजनी श्रेष्ठ) २० हजार ३१९ काँग्रेस (गङ्गालक्ष्मी अवाल) पाँच हजार ४२०

अहिले भनपा–९ वडाको मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले बताउनुभएको छ । यसअघि नै नेमकिपाले १, २, ३, ४, ५, ६ र ७ वडामा वडाध्यक्षसहित प्यानललै विजयी भइसकेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप