संसारको खतरनाक रनवेः दुनियाँभरका ८ पाइलटले मात्र सक्छन् विमानलाई उडान र अवतरण गर्न
एजेन्सी
जेठ ५ – संसारमा थुप्रै खतरनाक रनवे छन् तर एउटा रनवे यस्तो पनि छ जहाँ जाने अनुमती केही पाइलटलाई मात्र दिइएको छ । यसकारण किनभने उनीहरु उत्कृष्ट पाइलट हुन् ।
भूटानमा बनेको छ सबैभन्दा डरलाग्दो रनवेः
भूटानको पारो एयरवोर्ट रनवेमा ल्यान्डिङ र टेकअफ दुबै मुश्लिक काम हो । भूटानको पारो एयरपोर्ट प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै खतरनाक छ । ठूला विमान बनाउने चर्चित कम्पनी बोइंगले यसलाई संसारको सबैभन्दा खतरनाक एयरपोर्टमा समावेश गरेको छ । यहाँ केवल अनुभवी र कुशल पाइलटले मात्र ल्यान्डिङ गराउन सक्छन् । तपाईंलाई अचम्म लाग्ला कि संसारभरीका ८ पाइलटले मात्र यहाँ ल्याण्डिङ गर्न सक्षम छन् ।
पहाडको बिचमा छ रनवेः
भूटान हिमालयको काखमा बसेको छ । यहाँ अग्लो पहाड र रुखले भरिएको छ । पारो एयरपोर्टमा ल्याण्डिङभन्दा पहिले विमान पहाडको बिचबाट यात्रा गर्नुपर्छ । पहाडको केही ठाउँमा पनि घर बनेको छ । यहाँको रनवे टाढाबाट देखिँदैन । पहाडको बिचमा यात्रा गरिरहेका बेला अचानक रनवे देखिन्छ । यस्तोमा विमानमाथि नियन्त्रण राख्नु साधारण पाइलटको लागि मुश्किल हुन्छ । साथै, यो स्थानमा धेरैजसो तिब्र हावा चल्छ जसका कारण विमानलाई सन्तुलनमा राख्नसमेत पाइलटले अतिरिक्त प्रयास गर्नुपर्छ ।
दिउँसोमात्र छ ल्याण्डिङको अनुमतीः
यो एयरपोर्टको रनवेको लम्बाई केवल ६ हजार ५ सय फुट छ । संसारको सबैभन्दा छोटो रनवेमध्येको एक यो रनवेमा विमान ल्याण्ड गराउनु निकै मुश्किल काम हो । पारो एयरपोर्टबाट दिनमा मात्र ल्याण्डिङ र टेकअपको अनुमती छ । त्यो पनि मौसम सफा हुँदा मात्र । विशेष परिस्थितीमा नाइट टाइम फ्लाइट्सको क्रममा प्रकाशको विशेष व्यवस्था गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण