आई पे रेमिट्यान्स र अल्पाईन डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स सम्झौता
शुक्रबार, ०५ जेठ २०७४, १३ : ५०
काठमाडौं, जेठ ५ –विदेशमा रहेका नेपालीले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको रेमिट्यान्स कम्पनी आई पे रेमिट्यान्स र अल्पाईन डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ ।
यो सम्झौता अनुसार विदेशबाट आई पे मार्फत पठाएको पैसा अल्पाईन डेभलपमेण्ट बैंकको सम्पूर्ण शाखाबाट ग्राहकले आफुलाई पायक पर्ने स्थानवाट भुक्तानी लिन सक्ने छन् । विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पे ले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान वाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । आई पे रेमिट्यान्स को नेपाल भर ३ हजार ५ सय भन्दाबढी भुक्तानी काउन्टर छन् । बैंक वित्तिय संस्थाको पहुंच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टर हरुबाट ग्राहकले भुक्तानी लिन सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण