नक्कली नागरिकता बनाउने एयरपोर्टबाट पक्राउ
शुक्रबार, ०५ जेठ २०७४, १३ : ५३
काठमाडौं, जेठ ५– गुल्मीका ३६ बर्षिय अशोक अधिकारी त्रिभुवन विमानस्थलबाट फक्राउ परेका छन । भक्तपुर नगरपालिका–७ नगदेश डेरा गरी बस्ने अशोकलाई अपराध शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार किर्ते कागजात सहित पक्राउ गरेको हो । अधिकारी नक्कली लाईसेन्स तथा नागरिकता बनाउने कार्यमा संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ । यसैबिच काठमाडौं स्युचाटार बस्ने काभ्रे भिमखोरीकी १७ वर्षीय सबिन आले मगरलाई छुरा प्रहार गरेर घाईते बनाएको अभियोगमा सुनसरीका मन्दिप दाहाल र नुवाकोटका निराजन तमाङ्ग पक्राउ परेका छन् । रविभवन बस्दै आएका दाहाल र काठमाडौं–१४ सुनारगाउँ बस्ने तामाङ्गले बाफलमा मगरमाथी छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । सविन आलेको हाल कलंकी स्थित सहिद मेमोरियल अस्पतालमा उपचार भईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण