ब्याग चोरी हुने पिरले चीनमा एक महिलाले गरिन् अनौठो हर्कत
के सुरक्षा जाँचको क्रममा तपाई कहिले आफ्नो सामानको हिफाजतलाई लिएर चिन्तित हुनुभएको छ ?
चीनकी एक महिला रेल–स्टेशनमा जाँचको क्रममा आफ्नो व्यागलाई लिएर यो हदसम्म चिन्तित भइन् कि उनी ब्यागसँगै एक्सरे मेसिनबाट गुज्रिन पनि अफ्ठयारो मानिनन् ।
आफैमा एक अनौठो यो मामला पछिल्लो आइतबार भएको हो ।
दक्षिणी चीनको ड्रगग्वान रेलवे स्टेशनको एक कर्मचारीले जब सामान जाँच गर्ने एक्सरे मेसिनको मनिटरमा यी महिलाको छाया–चित्र देखिन्, तब उनी आफै अचम्मित बनेकी थिइन् ।
एक अनलाईन भिडियो मार्फत यो पूरा घटना अगाडी आएको हो । पछिल्लो आइतबारबाट चीनमा नयाँ वर्षको छुट्टी शुरु भएकाले रेल स्टेशन निक्कै भीड थियो । चीनमा बिहिबार नयाँ वर्ष मनाइँदै छ ।
भिडियोबाट प्रष्ट हुन्छ कि यी महिलाले पहिला आफ्नो सूटकेसलाई कन्वेयर बेल्टमा राखिन र ह्याण्डव्याग लिएर स्टेशन तर्फ अघि बढीन ।
तर जब उनलाई सबै व्याग एक्सरे मेसिनमा राख्नुपर्ने भनियो तब उनी आफै कन्वेयर वेल्टमा चढीन् र सामानको साथसाथै अर्को तर्फ पुगिन ।
यो दौरान उनको एक्सरे इमेज ‘क्याप्चर’ भयो जसमा उनी आफ्नो सामानको पछाडी घुँडा टेकेर बसिरहेकी थिइन् ।
उनलाई देखेर सुरक्षाकर्मीहरु पनि दङ्ग परेका थिए ।
ति महिलाको ह्याण्डव्यागमा त्यस्तो के थियो जसका कारण ती महिला त्यति चिन्तित थिइन् भनेर चाँही जानकारी पाइसकिएको छैन ।
तर चीनमा नयाँ वर्षको अवसरमा घर फर्कनेहरुले ठूलो परिणाममा नगद बोकेका हुन्छन् भन्ने आम विश्वास गरिन्छ ।
स्थानिय मिडियाका अनुसार यो घटनापछि ड्रगग्वान स्टेशनका कर्मचारीहरुले यात्रीहरुलाई मेसिनमा नचढ्न चेतावनी दिन थालेका छन् ।
बी. बी सी. हिन्दीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
-
राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ : प्रदीप ज्ञवाली
-
लागुऔषध मुद्दाका फरार राई शङ्खपार्कबाट पक्राउ
-
अमेरिका–इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्डमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण