सरिता गिरी नेतृत्वको सद्भावना उपेन्द्रको पार्टीमा विलय
शुक्रबार, २६ जेठ २०७४, १८ : ५५
काठमाडौं, जेठ २६– सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालमा विलय भएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव र नेपाल सदभावना पार्टीकी अध्यक्ष गिरीले दुवै पार्टी एकीकरण भएको घोषणा गरेका हुन् । पार्टी घोषणासँगै गिरीको सद्भावना फोरममा विलय भएको छ ।
यादव र गिरी दुवैले परिवर्तनलाई संस्थागत गरेर जान एकतावद्ध भएको दावी गरेका छन् । फोरम अध्यक्ष यादवले हिमाल, पहाड र मधेशका जनताको अधिकारलाई सुनिश्चित गर्न र स्थानीय तहमा विकास र समृद्धि ल्याउन दुई पार्टीबीच एकता भएको उल्लेख गरे ।
उनले संविधानमा रहेका त्रुटि संशोधन र पुनर्लेखनको माध्यामबाट सच्याउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोड बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
-
प्रदेश सरकार फेरबदलबारे मधेसका नेता भन्छन्– बाउले गल्ती गर्दा छोरालाई सजाय दिनु हुँदैन
-
देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
-
हुन सकेन स्वतन्त्र छानबिन, पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्न आलटाल
-
तिलगंगा बस्ती हटाएको विरोधमा ७५ दिनदेखि स्थानीय धर्नामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण