‘सर्वोत्तम सिमेन्ट नै किन’ अभियान शुरु, भूकम्प प्रभावित ८ जिल्लामा विशेष सहुलियत
शुक्रबार, २६ जेठ २०७४, १९ : ४३
काठमाडौं, जेठ २६– सर्वोत्तम सिमेन्ट प्रालिले उपभोक्तालाई सिमेन्टको प्रयोगबारे जानकारी गराउने भएको छ । जनमानसलाई जानकारी गराउने उद्देश्यले “सर्वोत्तम सिमेन्ट नै किन ?” नामक अभियान सञ्चालन गरिएको कम्पनीले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।
मजबुत भवन तथा संरचनाहरुको निर्माणका लागि सर्वोत्तम गुणस्तर र सर्वोत्तम पकड शक्ति भएको सिमेन्ट आवश्यक पर्ने भन्दै सिमेन्टको जानकारी दिन अभियान शुरुवात गरेको जनाइएको छ ।
उत्कृष्ट प्रविधिको प्रयोग गरी सिमेन्ट उत्पादन गर्दै आएको यो कम्पनीले सर्वाेत्तम ओ.पि.सि र श्री ग्रीन सर्वोत्तम पि.एस.सिनामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गर्दै आएको छ ।
नेपालमै पहिलो पटक डेनमार्कबाट आयातित अत्याधुनिक यूरोपियन मेसिनद्वारा उत्पादित यो सिमेन्टको मसिनोपन प्रतिग्राम ४५ सय सेमीसम्म रहेको कम्पनीको कम्पनीको दाबी छ ।
यस सिमेन्टको उत्पादनको क्रममा प्रयोग हुने क्रसबार कुलर इन्टेलिजेन्ट मेसिन कन्ट्रोलले सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्ने विश्वास कम्पनीको छ ।सो मेसिनको प्रयोग गर्ने सर्वोत्तम सिमेन्ट नेपालकै एक मात्र सिमेन्ट उद्योग रहेको पनि दाबी गरिएको छ ।
सर्वोत्तम सिमेन्ट स्टिम इन्जिनबाट विद्युत उत्पादन गर्ने र एक्सरे डिफ्राक्सन मेसिन प्रयोग गर्ने नेपालकै एक मात्र उद्योग भएको समेत कम्पनीको भनाइ छ ।
यो सिमेन्ट उद्योगले कोइला तथा बिजुलीको खपत कम गरी वातावरणलाई सफा र स्वच्छ राख्न मद्दत पु¥याएको पनि कम्पनीले जनाएको छ । नेपालको सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गाबाट यो कम्पनीले सिमेन्ट उत्पादन गर्दै आएको छ ।
भूकम्पवाट प्रभावित जिल्लाहरुमध्ये ८ वटा जिल्लाका उपभोक्तालाई विशेष सहुलियतदरमा सिमेन्ट उपलव्ध गराउने व्यवस्था समेत गरिएको कम्पनीका ब्राण्ड मेनेजर गोपाल सारडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोड बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
-
प्रदेश सरकार फेरबदलबारे मधेसका नेता भन्छन्– बाउले गल्ती गर्दा छोरालाई सजाय दिनु हुँदैन
-
देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
-
हुन सकेन स्वतन्त्र छानबिन, पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्न आलटाल
-
तिलगंगा बस्ती हटाएको विरोधमा ७५ दिनदेखि स्थानीय धर्नामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण