सरसफाइको जनचेतना फैलाउन सडक नाटक
शुक्रबार, २६ जेठ २०७४, १९ : ५५
माधव बेल्वासे
चन्द्रौटा (कपिलवस्तु), जेठ २६– सरसफाइ सम्बन्धि जनचेतना फैलाउन कपिलवस्तुमा सडक नाटक प्रदर्शन गरिएका छन् । अठारौं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा कपिलवस्तु जिल्लाका विभिन्न ठाउमा सचेतना सम्बन्धि सडक नाटक प्रस्तुत गरिएको हो ।
यस्तै, सरसफाइ अभियान अन्तर्गत ¥याली माइकिङ जस्ता कार्यक्रम पनि जारी राखिएको छ । ‘खुल्ला दिशा मुक्त गर्नुछ, २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व’ भन्ने नारासहित खुल्ला दिसामुक्त अभियान समेत सफल बताउने उद्देश्यले यो अभियान सञ्चालन गरिउका जिल्ला विकाश समितिका अगुवावास सहजकर्ता अर्जुन बेल्बासेले वताए ।
जिल्ला समन्वय समिति पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण कार्यक्रम अन्तर्गत जिल्लाका वासघोर, विजुवा,पकडी, फुलिका, सोमदी महाराजगञ्ज पथ्थरदेहिया, हरदैना लगायतका ठाउमा सडक नाटकमार्फत जनचेतना फैलाउने कायम गरिएको छ ।
अभियानअन्तर्गत खुल्ल्ाँ दिसामुक्त क्षेत्रका प्रक्रिया, दुषित पानी खाँदा लाग्ने रोगहरुका बारेमा जानकारीमुलक सन्देश प्रदान गरेको सहजकर्ता वेल्वासेले बताए । शुक्रवार पथरदेहिया भएको सामुदायक नाटकमा दुषित खानाले निम्त्याउने रोगकावारे जानकारी गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
-
प्रदेश सरकार फेरबदलबारे मधेसका नेता भन्छन्– बाउले गल्ती गर्दा छोरालाई सजाय दिनु हुँदैन
-
देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
-
हुन सकेन स्वतन्त्र छानबिन, पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्न आलटाल
-
तिलगंगा बस्ती हटाएको विरोधमा ७५ दिनदेखि स्थानीय धर्नामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण