बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्जेन्टिनाले ब्राजिललाई हरायो

शुक्रबार, २६ जेठ २०७४, २१ : १२
शुक्रबार, २६ जेठ २०७४
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्दी ब्राजिललाई हराएको छ । अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाका ग्याब्रियल मेरकाडोले खेलले एक मात्र गोल गरी अर्जेन्टिनालाई जित दिलाए । ब्राजिलका स्ट्राइकर नेयमारबिना मैदान उत्रिएको ब्राजिलले राम्रो प्रदर्शन गरे पनि गोल गर्न चुक्यो । बार्सिलोना स्ट्राइकर तथा अर्जेन्टिनी खेलाडी लियोनल मेसी, एन्जल डि मारिया, गोन्जालो, पाउलो ड्यावाला पहिलो हाफमै मैदान उत्रिएका थिए । ब्राजिलको तर्फबाट भने ग्यार्बियल जिसस, विलियम र फिलिप काउटिन्हो मैदानमा देखिएका थिए । विश्वकप छनोटको तयारीमा रहेका दुवै टोली मैत्रिपुर्ण खेल खेलेका हुन् । ब्राजिलले आगामी मंगलबार अष्ट्रेलियासँग मैत्रिपूर्ण खेल खेल्नेछ । ब्राजिलमाथि जित गरेपछि अर्जेन्टिनी प्राशिक्षक जर्ज सामपाओलीका लागि सुखद सुरुवात रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप