बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

काँग्रेसले २ नम्बर प्रदेशमा काँग्रेसले प्रवेश गरेन, तीन प्रदेशको विवाद टुंगो लगायो

शुक्रबार, २६ जेठ २०७४, २२ : ०५
शुक्रबार, २६ जेठ २०७४
काठमाडौं, जेठ २६– सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले दोस्रो चरणमा हु नलागेको चार प्रदेशका विभिन्न ठाउँमा उम्मेदवार विवाद टुंगो लगाउन सकेको छैन । विवाद टुंगो लगाउन भनी विहीबारदेखि बसेको काँग्रेसको बैठकले तीन प्रदेशका विवादित स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । तर कोर मधेस मानिने २ नम्बर प्रदेशमा उम्मेदवारबारे काँग्रेसले छलफल आरम्भ नै गरेको छैन । काँग्रेसको बाँके, बर्दिया र मोरङका लगायतका जिल्लामा उपमहानगरसहित स्थानीय तहका उम्मेदवार छनोट गर्न सकेको छैन । अधिकांश उम्मेदवारको आकांक्षी देखिएपछि केन्द्रले नै उम्मेदवार टुंगो लगाउने गरी छलफल थालेको हो । पार्टीका रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायत विभिन्न समूहलाई मिलाउन समस्या भएको हो । विवाद मिलाउन शुक्रबार रातिसम्म कांग्रेस केन्द्रय कार्यालयमा बैठक बसेको थियो । कांग्रेस केन्द्रीय कार्यालयले स्थानीय संन्यत्रलाई जेठ १२ गतेसम्म उम्मेदवार टुंगो लगाउन निर्देशन दिएको थियो । सरकार फेरबदल तथा स्थानीय तहको संख्या विवाद लगायतले गर्दा उम्मेदवारको टुंगा लगाउन नसकिएको काँग्रेस नेताहरुको भनाइ छ । आजभोलिमै सबै उम्मेदवारको टुंगो लाग्ने काँग्रेस नेताहरुले बताएका छन् । पहिलो चरणमा तीन प्रदेशको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा असार १४ गते अन्य चार प्रदेशको स्थानीय तहको निर्वाचन तोकिएको छ । प्रदेश नम्बर १, २, ५ र ७ प्रदेशका स्थानीय तहमा असार १४ गते मतदान हुनेछ । उक्त निर्वाचनका लागि निर्वाचन आयोगले असार २ गते उम्मेदवार मनोनयनको समय तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप