एमाले पहिलो पार्टी बन्ने दाबी
शनिबार, २७ जेठ २०७४, ०९ : १८
नवलपरासी, २७ जेठ - नेकपा एमालेका नेता शङ्कर पोखरेलले मधेस केन्द्रित राजनीतिक दलले मधेसका जनतालाई स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन् ।
एमाले स्थायी कमिटी सदस्य एवम् स्कुल विभाग प्रमुख शङ्कर पोखरेलले नवलपुरस्थित पार्टी कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको चुनावमा सहभागी भई मतदान गर्ने मधेसी दलका नेताहरुको स्थानीय तह निर्वाचन बहिष्कार गर्ने चेतावनी विरोधाभाषपूर्ण भएको बताए ।
स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो एजेन्डा जनताको घरघरमा पु¥याउन नसकेका कारण सोचेजस्तो जित हासिल गर्ने नसकेको बताउँदै उनले दोस्रो चरणको निर्वाचनमा पार्टीले ६० प्रतिशतभन्दा बढी स्थान जित्ने दाबी गरे ।
उनले भने, – “अहिले दोस्रो चरणको निर्वाचनमा हामीले धेरै नै प्रचारप्रसार गरेका छौँ । सोही कारण हामी पहिलो पार्टी बन्ने पक्का छ ।”
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
-
प्रदेश सरकार फेरबदलबारे मधेसका नेता भन्छन्– बाउले गल्ती गर्दा छोरालाई सजाय दिनु हुँदैन
-
देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
-
हुन सकेन स्वतन्त्र छानबिन, पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्न आलटाल
-
तिलगंगा बस्ती हटाएको विरोधमा ७५ दिनदेखि स्थानीय धर्नामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण