बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘म यस्तो गीत गाउँछु’को ट्रेलरमा प्रेम, संगीत र एक्शन

शनिबार, २७ जेठ २०७४, ०९ : ३८
शनिबार, २७ जेठ २०७४
काठमाडौं, जेठ २७ – प्रेमकथामा निर्माण भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’को ट्रेलर रिलिज गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । म्युजिकल लभस्टोरी बताइएको ‘म यस्तो गीत गाउँछु’ चलचित्रको ट्रेलरमा माया प्रेम, संगीत र एक्शनले प्रथामिकता पाएको छ । चलचित्रमा पुजा शर्मा, पल शाह, रुपा राणा, सरोज खनाल लगायत कलाकारहरुको मूख्य भुमिका छ । चलचित्र सुदर्शन थापाले निर्देशन गरेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको चलचित्र यहि ३० असारबाट प्रदर्शनमा आउँदैछ । दुई पात्रको मायाप्रेममा केन्द्रित चलचित्र निर्देशक सुदर्शन र नायिका पुजाले संयुक्त निर्माण गरेका हुन् । कार्यक्रममा ट्रेलर राम्रो बनेको प्रतिक्रिया सबैले दिएका थिए । – कार्यक्रममा नायक पल र नायिका पुजाले चलचित्रबाट निकै आसाबादी रहेको बताए । –निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु’ आफुले निर्माण गरेको अन्य चलचित्र भन्दा एक स्टेप माथि रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप