बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमाले विजयी

शनिबार, २७ जेठ २०७४, ०९ : ४६
शनिबार, २७ जेठ २०७४
पोखरा, २७ जेठ - पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । त्यस्तै, तीन दलित तथा अल्पसङ्ख्यकमा एमालेकै चतुरे कामी, ओमप्रसाद गौचन र बुधराज भुजेल विजयी हुनुभएको छ । तेत्तीस वडा रहेको महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्य गरी १६७ मतदाता थिए । गत वैशाख ३१ गते भएको निर्वाचनमा एमालेको पक्षमा ११९ र नेपाली काँग्रेसको पक्षमा ४८ मत रहेको देखिएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप