कतारमाथि बर्सिए डोनल्ड ट्रम्पः आरोपमाथि प्रत्यारोप
एजेन्सी
जेठ २७ – आतंकवादको मुद्दामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कतारलाई घेरेका छन् । उनले कतारलाई आतंकवादका लागि कोष खडा गरेको आरोप लगाएका छन् । उनले कतारले लामो समयदेखि आतंकवादको वित्त पोषण गर्दै आएकाले यसलाई तत्काल बन्द गर्न आदेश दिएका छन् ।
रोमानियाका राष्ट्रपति क्लास जोहानिससँग ह्वाइट हाउस संवाददाता सम्मेलनमा ट्रम्पले भने, ‘आतंकवादको भरणपोषण बन्द गर्नुहोस् । हिंसाको पाठ पढाउन बन्द गर्नुहोस् । हत्या गर्न बन्द गर्नुहोस् । आतंकवादलाई सबैभन्दा फंडिङ कतारले वर्षौं पहिलेदेखि गर्दै आएको छ ।’
ट्रम्पका प्रमुख कुटनीतिक रेक्स टिलरसनले साउदी अरब र उनका अन्य क्षेत्रीय सहयोगीसँग कतारसँगको गतिरोधमा केही लचिलो हुन आग्रह गरेपछि ट्रम्पको यस्तो बयान सार्वजनिक भएको हो । टिलरसनले कतारलाई अलग्याइएपछि अमेरिकी सेनाको गतिविधी तथा इस्लामिक स्टेटविरुद्धको लडाईंमा बाधा उत्पन्न भइरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
-
प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट
-
लागुऔषधसहित २५ जना पक्राउ
-
अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
-
अर्थतन्त्रमा लघु, साना तथा मझौला उद्योगको योगदान ९९ प्रतिशत, प्राथमिकता दिन सांसद अनुष्का श्रेष्ठको जोड
-
एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण