रणबीरलाई हेरेर भड्किइन् कट्रिना, सोधिन्, ‘रक्सी पिएर आएको छौ कि के हो ?’
एजेन्सी
जेठ २७ – कट्रिना कैफ र रणबीर कपुर उनीहरुको नयाँ फिल्म ‘जग्गा जासूस’ को प्रामोशनमा जुटिरहेका छन् । दुबै यतिबेला मज्जाले हँसिमजाक गरिरहेको पनि देखिएका छन् । ब्रेकअपपछि यो जोडीको यो पहिलो फिल्म हो तर प्रामोशनको क्रममा दुबैको केमेस्ट्री रोचक देखिएको छ ।
फिल्मको सुटिङका क्रममा दुबैबिच झगडा भएपछि फिल्मको सुटिङ नै केही समयका लागि रद्द गर्नुपरेको थियो तर अब प्रामोशनको क्रममा यो जोडीले आफ्नो ध्यान आफूतर्फ खिच्न सफल भएका छन् ।
फिल्मको एक गीत सार्वजनिक गर्नका लागि आयोजना गरिएको कार्यक्रममा रणबीरले कट्रिनालाई ‘चिकनी चमेली’, ‘शीला’, ‘कमली’ जस्ता आइटम गीतमा डान्स गर्नका लागि तयार गराएको बताए । यसमा कट्रिनाले रणबीरतर्फ हेर्दै भनिन्, ‘रक्सी पिएर आएको छौ कि के हो ?’
यसभन्दा अघि प्रोमोशनको क्रममा रणबीर कपूरले फिल्मका निर्देशक अनुराग बसुलाई चुम्बन गर्दा कट्रिनाले निकै घुरेर हेरेका भन्ने खबर सार्वजनिक भएको थियो ।
दुबैबिच ब्रेकअप भइसकेपछि पनि यस्तो प्रकारको केमेस्ट्री देखेर प्रशंसक निकै खुसी भएका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
-
प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट
-
लागुऔषधसहित २५ जना पक्राउ
-
अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
-
अर्थतन्त्रमा लघु, साना तथा मझौला उद्योगको योगदान ९९ प्रतिशत, प्राथमिकता दिन सांसद अनुष्का श्रेष्ठको जोड
-
एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण