बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जनज्योति क्याम्पसका प्रमुख माओवादी केन्द्रमा प्रवेश

शनिबार, २७ जेठ २०७४, १२ : ३०
शनिबार, २७ जेठ २०७४

काठमाडौं, जेठ २७– कञ्चनपुर जिल्लाको जनज्योति बहमूखी क्याम्पसका क्याम्पस प्रमूख भोलानाथ शर्मा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमका बीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा शर्मा माओवादीमा प्रवेश गरेका हुन् । शर्मा नेकपा एमालेसम्वद्ध नेपाल राष्ट्रिय बुद्धिजीवी परिषदका जिल्ला अध्यक्ष तथा नेपाल रेल्बे कम्पनिका भूतपूर्व महाप्रबन्धक थिए । शर्मासँगै उनकी जीवन संगिनी तथा एमालेसम्वद्ध कञ्चनपुर–काठमाडौं सम्पर्क मञ्चकी नेतृ विद्या शर्मा र बुद्धिजीवी नेता श्याम रेग्मी पनि माओवादी केन्द्रमा प्रवेश गरे । उनीहरु नेतृ बिना मगरको पहलमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप