बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राजपालाई मनाउने सत्तारुढ दलको प्रयास, सिंहदरबारमा छलफल जारी

शनिबार, २७ जेठ २०७४, १३ : १०
शनिबार, २७ जेठ २०७४
काठमाडौं, जेठ २७–नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपा नेपालको संयुक्त बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी बैठकमा राजपाको माग सम्बोधनको साथै चुनावमा उनीहरुको सहभागीताका बारेमा छलफल भईरहेको छ । शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसोधन र स्थानीय तहको संख्या वृद्धिको निर्णय तत्काल गर्न नसकिने बताएपछि आन्दोलनको तयारी सुरु गरेको राजपालाई मनाउनका लागि बैठकमा बोलाईएको हो । शुक्रबारकै संसद बैठकमा राजपाका नेताहरुले संविधान संसोधन, स्थानीय तहको संख्या वृद्धि तथा आफ्ना कार्यकर्तामाथि लागेको झुठा मुद्धा फिर्ता गरि रिहाई गर्नुपर्ने माग सम्बोधन नभए चुनावमा सहभागी हुन नसक्ने चेतावनी दिएका थिए । साथै उनीहरुले आन्दोलनको तयारी समेत सुरु गरिसकेका छन् । यही परिवेशलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवा सहित सत्ता साझेदार दलले माग सम्बोधन हुने विषयमा आश्वस्त पार्दै चुनावमा सहभागी गराउन आग्रह गर्न राजपाका नेतालाई बैठकमा बोलाएका हुन् । बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री शशांक कोइराला, नेताहरु विमलेन्द्र निधी, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा सहभागी छन् । त्यसैगरी राजपाको तर्फबाट अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा, महेन्द्र राय यादव सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप