रातारात एशियाका सबैभन्दा धनी भए यी व्यक्ति, थाहा पाउनुस् कसरी
एजेन्सी
जेठ २७ – एशियाका सबैभन्दा धनी व्यक्तिको सूचीमा ज्याक मा शीर्ष स्थानमा रहेका छन् । अलिबाबाका प्रमोटर ज्याकमा पूरा एशियामा सबैभन्दा धनी व्यक्ति बनेका छन् । ज्याक माको कूल सम्पत्ति रातारात ८.५ अर्ब डलरबाट बढेर ४१.८ डलर भएको छ ।
ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार ५२ वर्षका ज्याक मा एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनी विश्वको १४ औं धनी व्यक्तिको रुपमा पनि सुचिकृत छन् । ज्याक माको यो रातारातको सफलताको पछाडि अलिबाबाको कम्पनीको राजस्व वृद्धि अनुमानभन्दा धेरै हुनु बताइएको छ ।
ज्याक मा एशियाका सबैभन्दा धनी व्यक्ति बनेपछि अलिबाबाको शेयर १३ प्रतिशत हाई स्तरमा पुगेको छ । ज्याक माको अलिबाबामा १३ प्रतिशत शेयर छ जो उचाइमा पुगेको छ । अनलाइन शपिङ र सोसल मिडियाको सबैभन्दा ठूलो कम्पनी अलिबाबा र टेन्सेन्ट होल्डिङ लिमिटेडले नयाँ इोत्रमा आफ्नो पकड बलियो बनाउन सुरु गरेको छ । अलिबाबा क्लाउड कम्युटिंग सर्भिसदेखि स्ट्रिमिंग म्यूजिक र भिडिउामो आफ्नो भेन्चरलाई बढाइरहेको छ ।
ज्याक मा आफ्नो व्यापारलाई थप वृद्धि गर्नका लागि यो हप्ता लगानीकर्तासँग बैठक गर्ने तयारीमा छन् । उनको कम्पनीमा केही नयाँ प्रयोग गरिने सम्भावना पनि रहेको छ । ज्याक मा का अनुसार भविष्यमा कुनै पनि देश, कम्पनी, कुनै पनि व्यवसाय डाटा बिना चल्न सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको विकासमा संरचनागत समस्या, अनुगमनलाई परिणाममुखी बनाउन रास्वपा सांसदहरूको जोड
-
त्रिशूलीमा हाम फालेर एक जना युवक बेपत्ता
-
निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
-
बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण