एलजीले लञ्च गर्यो संसारको सबैभन्दा स्लिम टिभी
एजेन्सी
जेठ २७ – एलजी कम्पनीले केही दिन अघि OLED 4K सिरिजको टेलिभिजन सेट सार्वजनिक गरेको छ । यो टिभीको सबैभन्दा ठूलो विशेषता जुन चर्चामा छ त्यो हो यसको स्लिमनेस । यो टिभीको मोटाई २.५७ मिमि मात्र रहेको छ अर्थात्, चारवटा क्रेडिट कार्ड मिसाउँदा जति मोटो बन्छ, त्यति नै मोटाइको छ यो टिभी सेट । कम्पनीले कन्ज्यूमर इलेक्ट्रोनिक शो (सिइएस) मा यी टिभीबारे पहिले नै जानकारी दिएको छ ।
सबैभन्दा पातलो हुनुका साथै यो टिभीमा अन्य पनि थुप्रै विशेषता छन् जस्तै यी सबै टिभी स्मार्ट टिभी हुन् र इन्टरनेटसँग कनेक्ट हुनसक्छन् । यसको युजर इन्टरफेसले यसलाई प्रयोगका लागि विशेष बनाएको छ । रोचक कुरा के छ भने यसको रिमोट कन्ट्रोललाई हावामा घुमाएर प्रयोग गर्न सकिने एक माउसको अनुभव दिन्छ । टिभीमा देखिने कुनै पनि अप्सनलाई कर्सरमा क्लिक गरेर मात्र छान्न सकिन्छ ।
साथै, सबै टेलिभिजन डल्बी डिजिटल साउन्डसहित आउँछ । प्रिमियम सेगमेन्टका यी टिभी सेटको मूल्य ३.१९ लाखदेखि ३० लाख भारुसम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिलेको समयमा सरकार फेर्नु भनेको समयको बर्बादीमात्र होः पूर्वमुख्यमन्त्री जम्कट्टेल
-
सरकार र निजी क्षेत्रबिच सिधा समन्वयका लागि छुट्टै कार्यदल आवश्यक: राणा
-
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
-
प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट
-
लागुऔषधसहित २५ जना पक्राउ
-
अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण