राजपाले गर्यो असार १४ को मिति सार्ने प्रस्ताव
काठमाडौं, जेठ २७–राष्ट्रिय जनता पार्टीले स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति सारेर भएपनि आफूहरुको माग पूरा गरेरै अघि बढ्नुपर्ने अडान राखेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सनिबार बसेको नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र सहितको बैठकमा राजपाका नेताहरुले चुनावको मिति सारेर संविधान संसोधन गर्नुपर्ने माग गरेका हुन् । सरकारले समय कम भएको भन्दै चुनावपछि मात्रै संविधान संसोधन गरिने प्रतिवद्धता जनाउदै स्थानीय तहको चुनावमा सहभागी हुन आव्हान गरेपछि नेताहरुले मिति सारेर भएपनि आफ्ना माग सम्बोधन गर्न सुझाएका हुन् । सधै लिखित प्रतिवद्धताले मात्रै नहुने भन्दै नेताहरुले कार्यान्वयन गर्न सरकार र सत्तासाझेदार दललाई दबाब दिए । बैठकपछि संचाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीेले प्रतिवद्धताले मात्रै नहुने भन्दै संविधान संसोधन लगायत राजनीतिक सवालको सम्बोधन नभई चुनावमा सहभागी हुन नसकिने बताए ।
राजपाले संविधान संसोधन, स्थानीय तहको संख्या वृद्धि लगायतका मागलाई चुनावको बटम लाईन बनाएपछि अब निर्वाचनमा उसको सहभागीता नरहने स्पष्ट भएको छ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपा नेताहरुसंगको छलफलले निर्वाचनमा उनीहरुको सहभागीता रहने संभावनाको संकेत नदिएको बताए । मिति सारेर संविधान संसोधन गरे मात्रै चुनावमा सहभागी हुन सकिन्छ भन्ने राजपाका नेताहरुले राखेको माग पुरा गर्न नसकिने कुरा आफुहरुले राखेको बताए ।
बैठकमा प्रम शेरबहादुर देउवाले भने चुनावको मितिपनि नसर्ने र चुनावअघि माग पनि पूरा हुन नसक्ने भन्दै आयोगमा दल दर्ता गराएर निर्वाचनमा होमिन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको विकासमा संरचनागत समस्या, अनुगमनलाई परिणाममुखी बनाउन रास्वपा सांसदहरूको जोड
-
त्रिशूलीमा हाम फालेर एक जना युवक बेपत्ता
-
निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
-
बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण