बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पञ्चकन्याको सीपीभीसी पाईपलाई आईएसआई प्रमाण चिन्ह

शनिबार, २७ जेठ २०७४, १५ : ४४
शनिबार, २७ जेठ २०७४
काठमाडौं, जेठ २७– सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन गर्दै आएको पञ्चकन्या गु्रपले भारतीय मानक ब्यूरोले प्रदान गर्ने आइएसआई गुणस्तर प्रमाण चिन्ह पाएको छ । विगत ६ वर्षदेखि ग्रुपले अमेरिका लगाएत बिकशित मुलुकमा प्रयोग हुँदै आईरहेको एनएसएफबाट प्रमाणित विश्व प्रसिद्ध जापानिज कच्चा पदार्थ प्रयोग गरी सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । प्लम्बिङ सिष्टममा यस्ता पाईपहरुलाई आम उपभोक्ताले अत्यधिक रुचाइएका छन् । कम्पनीले भारतिय बजारमा समेत निर्यात गर्ने लक्ष्य लिएको छ । पञ्चकन्याले मात्र यो कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुदै आएको छ । पञ्चकन्याले आफ्नो गुणस्तर प्रतिको प्रतिवद्धता तथा ‘सदैव विश्वासिलो’ र ‘सधै एक कदम अगाडी’ भन्ने आफ्नो नारालाई व्यवहारमा उतार्न समेत सफल भएको छ । यस्ता पाईपहरु तातो–चिसो पानीकोलागी सुहाउँदो, लिड फ्रि, नन–कोरोसिब, नन–टक्सिक, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण अनुकूल, स्वास्थ्यको हिसावले अति उत्तम, तुलनात्मक रुपले किफायती र सस्तो हुनुका साथै कम्तिमा ५० वर्षसम्म ढुक्ककासाथ प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप