बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

घाँटी रेटिएको अवस्थामा शव बरामद

शनिबार, २७ जेठ २०७४, १५ : ५०
शनिबार, २७ जेठ २०७४
धनुषा, जेठ २७- धनुषाको नेपाल भारत सीमा क्षेत्रमा घाँटी रेटिएको अवस्थामा एक जनाको शव बरामद भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– १ स्थित सिमावर्ती क्षेत्रमा शुक्रबार राति सो शव बरामद भएको हो । राति करिब साढे ८ बजे स्थानीय रामबाबु यादवको घर पछाडी अन्दाजी ३० वर्षीय पुरुषको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव बरामद भएको इनर्वा प्रहरीचोकीका प्रहरी सहायक निरीक्षक राधेमोहन साहले जानकारी दिए । शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । घटनास्थलबाट दुईवटा घडी बरामद भएकोे र उक्त स्थानमा लछारपछार भएको जस्तो देखिएकाले कुनै विवादका कारण घटना भएको हुनसक्ने आशङ्का गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । उनका अनुसार हत्या भएका व्यक्तिको सनाखत हुन नसकेपनि घटना सीमावर्ती क्षेत्रमा भएकाले नेपाली हुन् वा भारतीय नागरिक बताउन गाह््रो छ । त्यस घटनाको विषयमा भारतीय प्रहरीसङ्ग समेत समन्वय गरी अनुसन्धान र दोषीको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप