बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्यूठानमा झाडापखालाले १५ जना विरामी

शनिबार, २७ जेठ २०७४, १५ : ५८
शनिबार, २७ जेठ २०७४
राधिका भुसाल प्यूठान, जेठ २७– प्यूठानको स्वर्गद्धारी नगरपालिका –५ उपल्लोसारीमा झाडापखाला हुँदा एकै गाउँका १५ जना बिरामी परेका छन् । आज (शनिबार) पखालासंगै बान्ता आउन थालेपछि उनीहरु बिरामी परेका हुन् । १५ जना बिरामीहरु मध्ये आठ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री र सात जनाको स्वास्थ्य चौकी सारीमा उपचार भइरहेको स्थानिय  पदम केसीले जानकारी दिए । विरामी पर्नेहरुमा स्थानीय ५६ वर्षीय चन्द्र बहादुर खत्री, ९ वर्षीय सुरज खत्री, २३ वर्षीय सीता खत्री, २९ वर्षीय नुमा खत्री, १७ वर्षीय कमल केसी, २० वर्षीय किरण खत्री, १५ वर्षीय कविता के.सी र ८ वर्षीय प्राथी गुरुङ गरी ८ जनाको रहेकोे प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीका जनस्वास्थ्य निरिक्षक चुरामणी पोख्रेलले जानकारी दिएका छन् । हाल उनीहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा भइरहेको छ ।  अन्य ७ जनाको स्वास्थ्य चौकी सारीमा उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय प्यूठानबाट सिद्धिमणी सुवेदी र कौशलराज वैद्य पनि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा पुगेको जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिएका छन् । उपचारपछि सबैको अवस्था सामान्य बन्दै गएको जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएका सिद्धिमणी सुवेदीले बताए । वर्षायामसंगै शुरु हुन थालेकाले दुषित पानी अर्थात नउमालेको प्रयोगकै कारण झाडापखाला लागेको सुवेदीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप