उपेन्द्र यादव सहभागी कार्यक्रम विथोल्ने तयारी भएको फोरम नेपालको दावी
काठमाडौं २८, जेष्ठ । संघीय समाजवादी फोरम नेपालले पार्टी अध्यक्ष उपेन्द्र यादवको चुनावी कार्यक्रम बिथोल्ने प्रयास भएको दावी गरेको छ । सो पार्टीका नेताहरुले राष्ट्रिय जनता पार्टीले यस्तो गोप्य तयारी गरेको दावी गरेका छन् ।
मधेशी जनताको नाममा राजपा कार्यकर्ताहरुले सके यादवमाथि आक्रमण गर्ने नसके चुनावी सभा बिथोल्ने तयारीमा जुटेको सो पार्टीको दावी छ । सर्लाही क्षेत्र नं ५ र ६ को सिमानामा पर्ने मधुवनगोठ बजारमा फोरम नेपालले आज दिउँसो एक बजे बृहत् पार्टी प्रवेश एवं चुनावी सभा गर्दैछ । यही कार्यक्रम विथोल्ने प्रयास भित्र भित्र भएको सो पार्टीले दावी गरेको छ ।
अध्यक्ष यादव नवप्रवेशी नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन एवं चुनावी सभाका लागि आइतबार बिहानै सर्लाही प्रस्थान गरेका थिए । सर्लाहीमा राजपासहित नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका प्रभावशाली नेता एवं कार्यकर्ताहरु आज फोरम नेपालमा प्रवेश गर्न थालेके पनि सो पार्टीको भनाई छ ।
राजपा मण्डलका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृहजिल्ला हो सर्लाही ।
स्थानीय प्रशासनले भने चुनावी कार्यक्रमहरुमा आवश्यक सुरक्षा व्यवस्था गरिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीप विकास कार्यक्रम निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्छ: अध्यक्ष पाण्डे
-
कानुन मन्त्रालयले किन रोकिरहेको छ निजामती विधेयक ?
-
कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कांग्रेसभित्र छलफल सुरु
-
नीतिगत परिमार्जनमा सरकारले हतारो गर्दा निजी क्षेत्र साक्षी मात्रै बन्यो : अध्यक्ष श्रेष्ठ
-
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
-
रुपन्देहीमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु, सात यात्रु घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण