छोरी बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैद
आइतबार, २८ जेठ २०७४, २० : ५८
भक्तपुर, जेठ २८ – छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस्ती करणीको ९ नं क बमोजिम थप एक वर्ष तथा हाडनाता करणीको महलको १ नं बमोजिम १० वर्ष गरी २३ वर्ष कैद फैसला सुनाएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिए ।
पीडित नाबालिकाकाको पालनपोषण, शिक्षा, उचित हेरविचारका लागि तत्काल पीडकबाट क्षतिपूर्ति भराउन सक्ने अवस्था नदेखिएकाले पछि असुल उपर गर्ने गरी हाललाई सरकारबाट क्षतिपूर्ति रकम रु तीन लाख प्रदान गर्न फैसला सुनाइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण