पाटन दरबार परिसरमा पाइने छैन यी १० गतिविधि गर्न
आइतबार, १७ पुस २०७९, ०९ : ३०
ललितपुर महानगरपालिकाले विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाटन दरबार परिसरमा हुने गरेका विभिन्न गतिविधिमा रोक लगाएको छ ।
महानगरले एक सूचना जारी गर्दै धूम्रपान तथा मद्यपान गर्न, मोटरसाइकल तथा चार पाङग्रे सवारी प्रवेश गर्न र सम्बन्धित निकायको अनुमति बिना कुनै पनि कार्यक्रम गर्न र गराउन रोक लगाइएको जानकारी दिएको छ ।
त्यसै गरी म्युजिक भिडियो तथा फोटो सुटिङ गर्न, साइकल स्टण्ड गर्न, कुनै पनि तरिकाबाट भिक माग्न, उछ्रिङ्खल तरिकाले टिकटक, भिडियो बनाउन, व धार्मिक महत्वका आकृति, वस्तु तथा चिन्हहरुमा, धार्मिक आस्थामा आँच आउने गरि टेक्ने, चढ्ने जस्ता कामहरु गर्न रोक लगाइएको सूचनामा उल्लेख छ ।
चिया बेच्न, मकै बेच्न, तौल मेसिन राख्ने लगायतका अन्य फुटपाथ पसल राख्न, तोकिएको समयपछि रातको समयमा दरबार परिसरमा बस्न र घुम्न रोक लगाइएको महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण