दिल्लीको वृद्धाश्रममा आगलागी, दुई वृद्धाको मृत्यु
आइतबार, १७ पुस २०७९, १० : २२
दक्षिण दिल्लीको ग्रेटर कैलाश इलाकामा आइतबार एक वृद्धाश्रममा आगलागी भएको छ जसमा दुई वरिष्ठ नागरिकको मृत्यु भएको छ ।
ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तलामा आगलागी भएलगत्तै पाँच दमकल घटनास्थलमा पुगेको दमकल विभागले जनाएको छ । यस घटनामा १३ जनाको उद्धार गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार दक्षिण दिल्लीका डीसीपी चन्दन शर्माले यो वृद्धाश्रमले नो अब्जेक्सन सर्टिफिकेट पाएको थियो वा थिएन, यसको अनुसन्धान भइरहेको र आगलागीको कारण भने खुल्न नसकेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण