शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको गुम्दीखोलामा पुल नहुँदा स्थानीयलाई जोखिम

आइतबार, १७ पुस २०७९, १२ : १०
आइतबार, १७ पुस २०७९

गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ र ६ जोड्ने गुम्दीखोलामा पुल नहुँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । हिउँदको समयमा पनि खोला ठुलो भएकाले यात्रा गर्न समस्या भएको स्थानीयको गुनासो छ ।

वडा नम्बर ४ पुर्तिघाट र वडा नम्बर ६ खड्गकोटको सिमाना गुम्दीखोलामा पुल नहुँदा समस्या भएको हो । युवाहरू मोटरसाइकल लिएर वरपर गर्दा पनि मोटरसाइकल सहित आफूहरूको ज्यान पनि जोखिममा रहेको स्थानीय युवाहरुको भनाइ छ ।

उक्त खोलामा पुल निर्माण गरिदिनका लागि स्थानीयहरुले स्थानीय सरकारसँग माग समेत गरेका छन् । यस खोला भएर घाँस दाउरा गर्न र गाईबस्तु चराउन जानका लागि हिउँदमा पनि समस्या भएको स्थानीय रमेश क्षेत्रीको भनाई छ ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सो खोलामा पुल निर्माण गर्नका लागि डीपीआर तयार गरी सडक विभागमा पठाएको बताए । विभागसँग आफूले समन्वय गर्दै आएको भन्दै केही महिना भित्रैमा पुल निर्माणको ठेक्काको प्रक्रियामा जाने उनको दाबी छ । सडक विभागलाई घच्घच्याउने काम आफूले गरेको भएपनि तत्काल परिणाम भने आउन नसकेको थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप