गुल्मीको गुम्दीखोलामा पुल नहुँदा स्थानीयलाई जोखिम
गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ र ६ जोड्ने गुम्दीखोलामा पुल नहुँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । हिउँदको समयमा पनि खोला ठुलो भएकाले यात्रा गर्न समस्या भएको स्थानीयको गुनासो छ ।
वडा नम्बर ४ पुर्तिघाट र वडा नम्बर ६ खड्गकोटको सिमाना गुम्दीखोलामा पुल नहुँदा समस्या भएको हो । युवाहरू मोटरसाइकल लिएर वरपर गर्दा पनि मोटरसाइकल सहित आफूहरूको ज्यान पनि जोखिममा रहेको स्थानीय युवाहरुको भनाइ छ ।
उक्त खोलामा पुल निर्माण गरिदिनका लागि स्थानीयहरुले स्थानीय सरकारसँग माग समेत गरेका छन् । यस खोला भएर घाँस दाउरा गर्न र गाईबस्तु चराउन जानका लागि हिउँदमा पनि समस्या भएको स्थानीय रमेश क्षेत्रीको भनाई छ ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सो खोलामा पुल निर्माण गर्नका लागि डीपीआर तयार गरी सडक विभागमा पठाएको बताए । विभागसँग आफूले समन्वय गर्दै आएको भन्दै केही महिना भित्रैमा पुल निर्माणको ठेक्काको प्रक्रियामा जाने उनको दाबी छ । सडक विभागलाई घच्घच्याउने काम आफूले गरेको भएपनि तत्काल परिणाम भने आउन नसकेको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
-
फ्रुटीमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने महिला पक्राउ
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण