सेयर बजारको कारोबार ४ अर्ब कट्यो, नेप्से सूचकमा १७ अंकको वृद्धि
लामो समयको अन्तरालपछि सेयर बचारमा उच्च कारोबार भएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से सूचक १७ अंकमाथिले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । नेप्से सूचक भने २०४६.२९ विन्दुमा उक्लिएको छ । गत हप्ता १६१ अंकमाथिले नेप्से बढ्दै २०२९ विन्दुमा अडिएको थियो ।
आज सबैभन्दा बढी नबिल बैंकको २२ करोड ५७ लाख ४८ हजार रुपैयाँ माथिको ८५४ कित्ता सेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को १९ करोड ८८ लाख रुपैयाँ बराबरको र हिमालय डिस्टिलरीको १५ करोड ८० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सिर्जनशील लघुवित्त वित्तीय कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ । आज डेभलपमेन्ट बैंक समूह र फाइनान्स समूहबाहे १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण