एकीकृत समाजवादी सरकारमा सहभागी हुने नहुनेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुंगो लाग्ने
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीले भोलि (सोमवार) का लागि पार्टीको पोलिटब्युरो बैठक डाकेको पनि बताए । उनले पोलिटब्युरो बैठकबाट आएका सुझावहरुका आधारमा मात्रै सरकारमा जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने बताए । उनले दुई दिनसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा समसामयिक र राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल भएको बताए ।
उनले भने– ‘पार्टीको स्थायी कमिटीको बैठकले भेलि पोलिटब्युरो बैठकको आयोजना गरेका छौँ । पोलिटब्युरो बैठकले के सुझाव दिन्छ, त्यसपछि मात्रै यावत विषयहरुमा थप धारणाहरु बाहिर ल्याउनेछौँ । हामीले समसामयिक राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल गरेका थियौँ । यो बैठकले पार्टी निर्माण, सुदृढीकरण र बिस्तारका बारेमा छलफल गरेको छ । पार्टी एकता बाहिरको हल्ला मात्रै हो ।’
उपमहासचिव खतिवडाले बैठकले पार्टी निर्माण, सुदृढीकरण र बिस्तारका बारेमा छलफल गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण