शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादी सरकारमा सहभागी हुने नहुनेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुंगो लाग्ने

आइतबार, १७ पुस २०७९, १९ : ३५
आइतबार, १७ पुस २०७९

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीले भोलि (सोमवार) का लागि पार्टीको पोलिटब्युरो बैठक डाकेको पनि बताए । उनले पोलिटब्युरो बैठकबाट आएका सुझावहरुका आधारमा मात्रै सरकारमा जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने बताए । उनले दुई दिनसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा समसामयिक र राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल भएको बताए । 

उनले भने– ‘पार्टीको स्थायी कमिटीको बैठकले भेलि पोलिटब्युरो बैठकको आयोजना गरेका छौँ । पोलिटब्युरो बैठकले के सुझाव दिन्छ, त्यसपछि मात्रै यावत विषयहरुमा थप धारणाहरु बाहिर ल्याउनेछौँ । हामीले समसामयिक राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल गरेका थियौँ । यो बैठकले पार्टी निर्माण, सुदृढीकरण र बिस्तारका बारेमा छलफल गरेको छ । पार्टी एकता बाहिरको हल्ला मात्रै हो ।’

उपमहासचिव खतिवडाले बैठकले पार्टी निर्माण, सुदृढीकरण र बिस्तारका बारेमा छलफल गरेको पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप