तनहुँको शुक्लागण्डकीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु
आइतबार, १७ पुस २०७९, २१ : ५५
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा टिपरको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–३३ बागमारा बस्ने ६० वर्षीया टीकादेवी चापागाइँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
कोत्रेबाट दुलेगौडातर्फ आउँदै गरेको ग२क ६२१९ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको ग१९प ५६५९ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार चापागाइँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते उहाँको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा साँझ ५ बजे मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने ३३ वर्षीया लीलादेवी नेपाली घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । टिप्पर चालक अर्घाखाँची सन्धिखर्कका ४१ वर्षीय तिलक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण