बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँको शुक्लागण्डकीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

आइतबार, १७ पुस २०७९, २१ : ५५
आइतबार, १७ पुस २०७९

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा टिपरको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–३३ बागमारा बस्ने ६० वर्षीया टीकादेवी चापागाइँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

कोत्रेबाट दुलेगौडातर्फ आउँदै गरेको ग२क ६२१९ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको ग१९प ५६५९ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार चापागाइँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते उहाँको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा साँझ ५ बजे मृत्यु भएको हो । 

दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने ३३ वर्षीया लीलादेवी नेपाली घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । टिप्पर चालक अर्घाखाँची सन्धिखर्कका ४१ वर्षीय तिलक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप