कात्तिकपछि घरजग्गामा लिलामीको बाढी
नेपालमा पछिल्लो केही महीनायता मात्रै हजारौं घरजग्गा लिलामीमा चढेका छन् । व्यवसाय सञ्चालनका लागि लिएको ऋणको साँवा–ब्याज समयमै तिर्न नसक्नेहरूको धितोवापत लिएका घरजग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूले धमाधम लिलामी गर्न थालेका हुन् ।
पछिल्लो साढे तीन महीनाको तथ्याङ्क हेर्दा १ हजारभन्दा बढी घरजग्गा लिलामीका सूचना प्रकाशित भएका छन्, जसको हिस्सा १ लाख सीसी विज्ञापनभन्दा बढी छ । त्यस्तै कर्जा चुक्ता गर्न नआए लिलामी प्रक्रियामा लैजाने बारेका १ हजार ५०० सूचना प्रकाशित भएका छन् । ती सूचनाको हिस्सा पनि करीब डेढ लाख सीसी विज्ञापन बराबर रहेको ुमाइन्डस नेपालुको तथ्याङ्कले देखाउँछ ।
असोजमा बैंक तथा वित्तीय संस्थाहरूबाट १०० भन्दा कम लिलामीका सूचना प्रकाशित भएका थिए, जसको हिस्सा ११ हजार ३०० सीसी रहेको थियो । तर, कात्तिकमा एकै पटक ३०६ ओटा लिलामीका सूचना प्रकाशित भएका थिए, जसको हिस्सा ३५ हजार ५८७ सीसी विज्ञापन थियो । जुन अघिल्लो महीनाको तुलनामा ३ गुणाले बढी हो ।
मंसिरमा पनि लिलामीका सूचनामा बाढी नै आयो । मंसिरमा यो संख्या बढेर ३४६ पुग्यो, जसको हिस्सा ४० हजार ८१० सीसी विज्ञापन बराबर थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण