बढाएको दूधको मूल्य फिर्ता
डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटेको छ । डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो । एक्कासी मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो ।
राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले प्रत्येक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ । सोहिअनुसार यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारीसमा मन्त्रिपरिषदले दूधको मूल्य तोकेको थियो ।
शनिबार कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सचिवको नेतृत्व र बोर्डको अध्यक्षतामा सरोकारवालासँग भएको छलफलपछि अहिलेलाई स्थगित गर्ने सहमति भएको बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्रप्रसाद यादवले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण